किष्ट बैंकका प्रमुख पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
किष्ट बैंकका प्रमुख पक्राउ

सारांश

  • काठमाडौँ, १९ असाेज।
  •  तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • तीन वर्षदेखि फरार रहेका ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

काठमाडौँ, १९ असाेज। तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।तीन वर्षदेखि फरार रहेका ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो। त्यस लगतै ज्ञवाली फरार रहेका थिए। उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय अपराध महाशाखाको टोलीले सिमावर्ती भारतीय क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ।

ज्ञवाली पक्राउ बारे प्रहरीले आजै पत्रकार सम्मलेन गरी जानकारी दिने तयारी गरेको प्रहरी उच्च स्रोतको दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?