मनिषा कोइराला आइ पुगिन् नेपाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २१, २०७७
|
|
२४ पटक हेरिएको
Shares
मनिषा कोइराला आइ पुगिन् नेपाल

सारांश

  • चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छिन् ।
  • उनी मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् ।
  • उनी लकडाउनका कारण भारतको मुम्बईमा थिईन् ।

चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छिन् । उनी मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् । उनी लकडाउनका कारण भारतको मुम्बईमा थिईन् । कोइराला सपरिवार नेपाल आएकी हुन् । उनी बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन लम्बिएपछि उनी हवाईमार्ग हुँदै काठमाडौं आउन सकिनन् र मंगलबार स्थलमार्ग हुँदै काठमाडौं आईपुगेकी हुन् । मनिषा मुम्बईबाट गोरखपुरसम्म विमानमा आएकी थिइन् ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण समेत गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोइराला सपरिवार बेलहिया नाकाहुँदै नेपाल प्रवेश गरेको पुष्टि गरेका छन् । नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा मनिषाले वाहवाही कमाएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?