कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना

सारांश

  • काठमाडौं, २१ बैशाख ।
  • बिहिवार राजधानी उपत्यकाको मौषम निकै खराव थियो ।
  • अपरान्ह सिमसिम पानी समेत पर्दै थियो, त्यहीबीचमा आगामी बजेटमा सम्बोधन गर्ने क्रममा उद्यमी व्यवसायीसँग नेपाल सरकारको छलफल गर्ने कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा टेकुस्थित महासंघकै केन्द्रीय कार्यालयमा भइरहेको थियो ।

काठमाडौं, २१ बैशाख । बिहिवार राजधानी उपत्यकाको मौषम निकै खराव थियो । अपरान्ह सिमसिम पानी समेत पर्दै थियो, त्यहीबीचमा आगामी बजेटमा सम्बोधन गर्ने क्रममा उद्यमी व्यवसायीसँग नेपाल सरकारको छलफल गर्ने कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा टेकुस्थित महासंघकै केन्द्रीय कार्यालयमा भइरहेको थियो । सुरुमा व्यवसायीहरु निकै आक्रामक रुपमा बजेटमा हुनुपर्ने सुधारहरु माग गर्दै थिए ।

माग पनि कस्ता कस्ता थिए भने कोही पानी उद्योग दर्ता गर्न दिन नहुने भन्दै सिण्डिकेटको माग गरिरहेका थिए भने कोही भन्सार छुट त कोही आयकर छुट अनि कोही चाही नगद प्रोत्साहन दिनुपर्ने माग गरिरहेका थिए । त्यसै मध्ये एक भने बैदेशिक रोजगारीमा जाँदा जम्मा १० हजार रुपैयाँ मात्रै शुल्क लाग्ने व्यवस्थाका कारण गाउँ गाउँबाट युवाहरुलाई उसको परिवारले विदेश जान धकेलिरहेको भन्दै उक्त शुल्क बृद्धि गनुपर्ने माग गरिरहेका थिए ।

जब पालो सरकारी कर्मचारीको आयो, भन्सार विभाग, उद्योग विभाग र आन्तरिक राजश्व विभागका प्रमुखहरु उपस्थित भएको कार्यक्रममा सचिवको बोल्ने पालो आएपछि व्यवसायीहरुको सातो पुत्लो लिए ।

व्यवसायीहरुको एक एक गरेर बुँदा बुँदा समातेर सातो उडाएपछि उद्योग बाणिज्य महासंघको अध्यक्ष तथा कार्यक्रममा सभापतित्व गरिरहेको शेखर गोल्छा भने मुसुमुसु हासिमात्रै रहे ।
छलफल कार्यक्रममा सचिव ढुंगानाले व्यवसायीहरुमाथि कीर्ते बिल बिजक पेश गरेर भन्सार जाँच पास गराउने गरेको आरोप मात्रै लगाएनन्, भने, मसँग दर्जनौं बिलहरु पेश गरौं, कसको कति हैसियत के छ सबैको देखाईदिन सक्छु । कीर्ते बिल पेश गर्नेलाई भटाभट कीर्ते जाल साँझी मुद्दामा जेल पठाईदिए भने के हुन्छ । तपाईहरु सबैलाई मेरो आग्रह छ सुध्रनुस् ।

तपाईहरुले कीर्ते बिल पेश गरेर हैरान परेपछि हामीले सन्दर्भ मूल्य ल्याएको हो । त्यो हाम्रो बाध्यता हो ।’ त्यतिले मात्रै राजश्व सचिव ढुंगाना रोकिएनन्, अगाडि भने, बैदेशिक रोजगार व्यवसायीको तर्फबाट रोहन गुरुङजीले माग गर्नु भाको छ, उहाँहरुको सम्बन्धमा सम्पत्ति शुद्धिकरणमा मुद्धा चलिहरकोछ, अहिले धेरै कुरा नगरौं, अर्को पनि छ, आन्तरिक राजश्व कार्यालयले पनि हेरिरहेको छ ।’ सचिवले यसो भन्दै बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङ खोजे, तर उनी बेपत्ता भइसकेका थिए । गुरुङ प्रश्न राख्ने वित्तिकै उठेर हिडिसकेका थिए ।

निजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको मुख्यालयमा, सोही संस्थाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सचिव ढुंगानाले गलत गर्ने व्यवसायीहरुलाई तत्काल कारवाही गर्न निर्देशन समेत दिए ।

उनले भन्सार ऐनको दफा ५७ को उपदफा ९१८० अन्तर्गत ३०० प्रतिशत जरिवना लगाउन समेत सोही कार्यक्रममा उपस्थित भन्सार कार्यालयका प्रमुखलाई निर्देशन दिएपछि केही व्यवसायीहरु रातोपिरो भएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Resham Khadka

    नभुक हड्डी पाएपछी पचाएर बसौला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?