केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • केरुङ–काठमाडौ रेलमार्गको बिषयमा छलफल गर्न तेस्रो नियमित बैठक आज बस्दै छ ।
  • चीन सरकारको सहयोगमा नेपालमा निर्माण गर्ने परियोजनाका बिषयमा छलफलका लागी उच्चस्तरिय चिनियाँ टोली हिजो नै काठमाडौं आइपुगेको छ ।

काठमाडौं, २४ मंसिर । केरुङ–काठमाडौ रेलमार्गको बिषयमा छलफल गर्न तेस्रो नियमित बैठक आज बस्दै छ । चीन सरकारको सहयोगमा नेपालमा निर्माण गर्ने परियोजनाका बिषयमा छलफलका लागी उच्चस्तरिय चिनियाँ टोली हिजो नै काठमाडौं आइपुगेको छ ।

आज नेपाली अधिकारीसँग छलफलपछि चिनियाँ टोलीले भोलिबाट फिल्ड भिजिट गर्ने भौतिक पुर्वाधार तथा यातायत मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुधन अधिकारीले गर्नुहुनेछ । चिनिया प्रतिनिधिमण्डलको नेतृत्व कमिसनका उपप्रमुखले गर्नुहुनेछ । चीन सरकारले केरुङ–काठमाण्डौ, काठमाण्डौ–पोखरा र पोखरा–लुम्बीनी रुटमा रेलमार्ग निर्माण गर्ने गरी छलफल अघि बढाएको छ ।

यसअघिका २ चरणमा वार्ता सम्पन्न भइसकेको र नक्साङकनका लागि भौगोलिक अवस्थितिको प्रतिबेदन समेत तयार भइसकेकाले यसको प्रगतीका बिषयमा आजकोे बैठकमा छलफल हुनेछ ।

(Smart Drug)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?