सप्तरीमा टुक्रा–टुक्रा पारिएको शव फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सप्तरीमा  टुक्रा–टुक्रा पारिएको  शव फेला

सारांश

  • राजविराज-  सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
  • मंगलवार बिहान नदि छेउमा दिशा पिसाब गर्न गएका गाउँलेहरुले क्षत विक्षत शव हेरेपछि प्रहरीलाई जानकारी गराएका थिए।
  • कोशी नदि छेउमा फालिएको शव भन्दा झण्डै ३ सय मिटरको वरपर शरिरका विभिन्न भागहरु छरिएको अवस्थामा स्थानीले देखेका थिए।

राजविराज-  सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

मंगलवार बिहान नदि छेउमा दिशा पिसाब गर्न गएका गाउँलेहरुले क्षत विक्षत शव हेरेपछि प्रहरीलाई जानकारी गराएका थिए। कोशी नदि छेउमा फालिएको शव भन्दा झण्डै ३ सय मिटरको वरपर शरिरका विभिन्न भागहरु छरिएको अवस्थामा स्थानीले देखेका थिए।

घटनाको जानकारी पाए लगत्तै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहको नेतृत्वमा घटनास्थल पुगेर अनुसन्धान थालिएको छ। कसको शव हो भन्ने सनाखत समेत हुन सकेको छैन।

शवको प्रकृति हेर्दा कम्तीमा एक साता अघि नै उक्त शव शरिरका विभिन्न भाग काटेर बोरामा हालि फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। शवको हात, खुट्टा र टाउको काटिएको छ भने अनुहारमा समेत कुनै केमिकल हालिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रत्यक्षदर्शीका अनुसार हात, खुट्टा पोलिएको जस्तै देखिन्छ।

          ‘अन्दाजी ३०/३२ बर्षिया महिलाको शव हुन सक्ने हाम्रो प्रारम्भीक अनुसन्धानले देखिएको छ’, घटना स्थलमै भेटिएका सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले भने, ‘हत्या पश्चात शरिरको टुक्रा गरेर बोरामा हालि शव फालिएको हो, झाडिमा फालिएको बोरावाट कुकुर, स्याल जस्ता जनावरले ती शवका विभिन्न भागलाई निकालेको हुन सक्ने हाम्रो अनुमान छ।’

          उक्त भेगका स्थानियहरुलाई बोलाएर प्रारम्भीक पुछताछ तथा शवसँगै फेला परेका सामग्रीहरु देखाएर सनाखत गर्ने कार्य प्रहरीले विहानैदेखि थालेपनि हाल सम्म शवको सनाखत हुन नसकेको एसपी सिंहले बताए। उनले भने, ‘हामी घटनाको सुक्ष्म अनुसन्धानमा जुटिसकेका छौ, चाडै केहि न केहि तथ्य फेला पारिन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Sanjay Leela Bhansali’s Film Padmaavat where did Alauddin khilji first see the beauty of Padmavati?
Sanjay Leela Bhansali’s Film Padmaavat where did Alauddin khilji first see the beauty of Padmavati?
राजपाको जनमत चुनावबाटै जोगिन्छ ः सचिव भट्टराई
राजपाको जनमत चुनावबाटै जोगिन्छ ः सचिव भट्टराई
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता
मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’
मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु