नेकपा दाङको जिल्ला सदस्यकाे मोटरसाइकल दुर्घटनामा मृत्यू
सारांश
- काठमाडाै, ९ असाेज ।
- अर्घाखाँचीमा भएको सडक दुर्घटनामा परि दाङका एक युवकको ज्यान गएको छ, भने अन्य तिनजना गम्भीर घाइते भएकाछन्।
- मोटरसाइकलमा प्रसिद्ध धार्मिक स्थल सुपा देउराली गएर फर्किने क्रममा अर्घाखाँचीको पाँचथर कोट भन्ने स्थानमा दुर्घटना भएको हाे।
काठमाडाै, ९ असाेज । अर्घाखाँचीमा भएको सडक दुर्घटनामा परि दाङका एक युवकको ज्यान गएको छ, भने अन्य तिनजना गम्भीर घाइते भएकाछन्। मोटरसाइकलमा प्रसिद्ध धार्मिक स्थल सुपा देउराली गएर फर्किने क्रममा अर्घाखाँचीको पाँचथर कोट भन्ने स्थानमा दुर्घटना भएको हाे। दुर्घटनामा दाङ देउखुरीको राप्ती गाउँपालिका पाँच करङ्गेकोटका २४ वर्षिय रेवन्त थापा मगरको ज्यान गएको छ, भने सोही ठाउँ निवासी २० वर्षिय झविन्द्र थापा मगर गम्भीर घाइते भएकाछन्। घाइते थापाको तौलिहवामा उपचार भइरहेको स्थानीय शान्तराज बुढामगरले जानकारी दिएकाछन्।
बिपरित दिसाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरिले जनाएको छ। ठक्कर दिने मोटरसाइकल प्रहरिले आफ्न नियन्त्रणमा लिएको र त्यसमा सवार अन्य दुईजनाको अस्पतालमा उपचार भइरहेको भएपनी नाम ठेगाना नखुलेको स्थानीय शान्तराज बुढामगरले जानकारी बताए। मृतक थापा मगर नेकपा दाङको जिल्ला सदस्य समेत रहेको पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया