सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्।
  • मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भिर आरोप लगाएका हुन्।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भिर आरोप लगाएका हुन्। ‘सरकार र कांग्रेस दुवै असफल भए। अब हाम्रो पालो आयो,’ उनले भने।
उनले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने चेतावनी दिए। उनले यस्तै भए नेपालमा राजतन्त्र फर्किन सक्ने दाबी गरे। ‘राजतन्त्र फर्किन सक्छ,’ उनले भने, ‘सरकार र प्रतिपक्ष दुवै असफल भएपछि जनताले विकल्प खोज्छन्।’
राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए। उनले भने, ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो। यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाईपल्टाई हेर्यौं भने मौका खेर फालेको पाइन्छ । सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शून्य छ।’
व्यापार घाटापनि डरलाग्दो रहेको उनको भनाइ छ। उनले भने, ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन। हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन। काम केही भएकै छैन।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ। 
उनले अघि थपे, ‘बुढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिइयो? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन?’ त्यस्तै उनले वाइडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाए। 
कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए। उनले भने, ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ। हामी एकतीर ढल्केका छौं।’ उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे। उनले भने, ‘भित्तासित कुहिनो ठोक्ने काम भयो। यस्तो गर्नु हुँदैन थियो। भेनेजुयलासँग नेपालको दौत्य सम्बन्ध छ कि छैन मलाइ त सन्देह नै लाग्छ।’
सरकारले कुटनीतिक रुपमा कुनै पनि सिप तथा क्षमता देखाउन नसकेको उनले आरोप लगाए। उनले भने, ‘सरकारले सही काम गरेकै छैन।’ यद्धपी उनले राजनीतिक रुपमा भने प्रधानमन्त्री सफल भएको दाबी गरे। उनले भने, ‘किनभने उहाँले दुई तिहाई बहुमत ल्याउनुभयो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?