एमाले लुम्बिनीमा कँडेलको नेतृत्व
सारांश
- लुम्बिनी ।
- नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।
- बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई दुई मत मतले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् ।
लुम्बिनी । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई दुई मत मतले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् ।
एमाले लुम्बिनीको प्रथम अधिवेशनबाट अध्यक्षसहित दुई सय पाँच जनाको कमिटी निर्वाचित भएको हो । निर्वाचितमध्ये सचिवसहित एक सय छ जना निर्विरोध र अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिवसहित बाँकी पदमा निर्वाचनका माध्यमबाट चुनिएका छन् ।
विजयी कँडेलले चार सय ७९ मत प्राप्त गरेको थिए भने प्रत्यासी रिजालले चार सय ७७ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचित अध्यक्ष कँडेल एक वर्षअघि तदर्थ समितिको अध्यक्षको रुपमा चयन भएको थिए ।
त्यस्तै उपाध्यक्षमा पनि कँडेल समूहकै उम्मेदवार रुपन्देहीका भोजप्रसाद श्रेष्ठले चार सय ५५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रुपन्देहीकै विश्वराज बराल (अनुप) ले तीन सय छ मत प्राप्त गरेका छन् । सचिवमा कँडेल पक्षकै दाङका लक्ष्मण आचार्य यसअघिनै निर्विरोध भएका हुन् ।
त्यसैगरी उपसचिवमा पुरुषतर्फ रिजाल समूहका रोल्पाका पूर्ण बुढामगरले चार सय १८ मतसहित विजयी हुँदा कँडेल प्यानलका बाँकेका दुर्गाप्रसाद थारुले तीन सय ९३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै उपसचिव महिलातर्फ कँडेल प्यानलका बर्दियाका लिला रानामगर एक मतले निर्वाचित भएको छन् । उनले तीन सय ५१ मत प्राप्त गरी निर्वाचित हुँदा बाँकेकी वसन्ती अधिकारीले तीन सय ५१ मत प्राप्त गरेका थिए ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएको छन् । एक हजार चार सय मतदाता रहेको चुनावमा नौ सय ६५ मत खसेको थियो । उनान्चालीस जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । यस्तै प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका वासुदेव घिमिरे सबैभन्दा बढी तीन सय ७६ मत प्राप्त गरी विजयी भएको छन् ।
यसैगरी अर्जुन केसी तीन सय ३३, कृष्णप्रसाद खनाल तीन सय ३४, जलिल मिया तीन सय ५७, डिआर घिमिरे तीन सय ४०, नारायणप्रसाद भुसाल दुई सय ८३, प्रकाश जिसी तीन सय २५, बाबुराम भट्टराई दुई सय ५३, मधुकृष्ण पन्त दुई सय ८५, सुष्मा खनाल दुई सय ९९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया