प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधन यस्तो छ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् ।
- उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् ।
- प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको वैकल्पिक उपायसहित आर्थिक र सामाजिक गतिविधिको उपाय अपनाइएने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् ।
प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको वैकल्पिक उपायसहित आर्थिक र सामाजिक गतिविधिको उपाय अपनाइएने बताएका हुन् । कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ”उद्दोगलाई सञ्चालनको अनुमति दिइनेछ,उ त्पादन गर्न दिने र बजारसम्म पुग्न अवरोध नहुने गरी प्रबन्ध मिलाइनेछ ।’ उनले तोकिएको प्रोटोकल हेरेर उद्दोग सञ्चालन गर्न दिने समेत बताए ।
कोरोना महामारीका बीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजना लगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने प्रयास र प्रयोग सफल भएको बताए । कोरोनालाई छल्दै विकासका काम अगाडि बढाउन सकिन्छ भन्ने पुष्टि भएको उल्लेख गर्दै अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरुलाई सञ्चालनको अनुमति दिइने बताएका हुन् ।
उनले भने, ‘काममा आउने आफ्ना श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन(जुन जिल्लाका श्रमिक हुन्, तिनीहरुलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग(व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ ।’ यसको प्रभावकारिताको आधारमा क्रमशः थप व्यवसाय सञ्चालनको प्रक्रिया अघि बढाइने बताए ।
दैनिक आवश्यक वस्तुहरुको आपूर्ति सहज तुल्याउने र आन्तरिक उत्पादन बृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको शृङ्खला अवरुद्ध हुन नदिइने बताए । आवश्यक वस्तुहरुको आन्तरिक ढुवानी र आयातरनिर्यात सहज बनाइने प्रधानमन्त्रीले जानकारी दिए ।
उनले भने, ‘खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइनेछ । समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाईलाई भने कायमै राखिनेछ ।’
उनले राष्ट्रिय गौरवको आयोजनालाई समेत अगाडि बढाइने बताए । विभिन्न आयोजनाहरुको काम जारी रहेको भन्दै त्यसको अनुभवबाट पनि विकास निर्माणका कामहरु गरिने बताए ।
प्रधानमन्त्रीले शैक्षिक संस्थाको पनि दुरशिक्षा र अनलाइन शिक्षाबाट सञ्चालन गरिने व्यवस्था मिलाइने बताए । विद्यार्थीहरुको शैक्षिक सत्र खेर जान नदिने उनको भनाई थियो ।
(Zolpidem)
प्रतिक्रिया