कुन खुशीमा मोदीको प्रशंसा गरौं प्रधानमन्त्रीज्यू ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कुन खुशीमा मोदीको प्रशंसा गरौं प्रधानमन्त्रीज्यू ?

सारांश

  • एटम शर्मा प्रधानमन्त्रीज्यू, केको लागि गरिदै छ नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन ?
  • के को खुशीयालीमा गरिँदैछ मोदीको जयजयकार ?
  • के को उल्लासमा गरिदैछ मोदीको नेपाल आगमनमा दीपावली ?

एटम शर्मा

प्रधानमन्त्रीज्यू, केको लागि गरिदै छ नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन ? के को खुशीयालीमा गरिँदैछ मोदीको जयजयकार ? के को उल्लासमा गरिदैछ मोदीको नेपाल आगमनमा दीपावली ?

त्यो दुखद दिन, त्यो कष्टकर समय जतिबेला हामी भूकम्पले क्षतविक्षत भएको हाम्रो आलो घाउ जसोतसो निको पार्ने कोसिस गर्दै थियौं । त्यसबेला छिमेकीको रुपमा भारत र भारतका प्रधानमन्त्री मोदीले दिएको त्यो अमूल्य उपहार नेताहरुले त भुले होलान् । प्रधानमन्त्री ओलीले पनि भुले होलान् तर हामी जनताले अझै भुलेका छैनौं । अनि भुल्न पनि सक्दैनौं ।

जुन दिन हाम्रो चुलो निभेको थियो । बच्चाहरु भोकले रुँदै थिए । बृद्ध आमाबुवाले एक मुठी तातो पानी माग्दा दिनसक्ने अवस्था थिएन । बिरामीहरु औषधि खान नपाएर शैयामा छटपटाइरहेका थिए अनि विद्यालय पूर्णरुपमा बन्द थिए । यस्तो अमानवीय व्यवहारले नाकाबन्दी गर्नेहरुको नाइके मोदीलाई बदलामा नागरिक अभिनन्दन गर्ने हामी गोर्खेहरु मुर्ख हौं कि महान प्रधानमन्त्रीज्यू ?

हजारौंको मृत्यु भयो । हामी शोकमा डुबिरहेका थियौं । ज्यान गुमाएका आफन्तहरुलाई भेट्नु थियो । दुखेको घाउमा मल्हम लगाउनु थियो । जतिबेला आपतमा परेका हामीलाई सहयोगको ठूलो आवश्यकता थियो, त्यतिबेला भारत र मोदीले के गरे हामीलाई ? अहिले हामीले नागरिक अभिनन्दन गर्नुपर्ने प्रधानमन्त्रीज्यू ?

यतिखेर म बडो अचम्मित छु नागरिक समाज देखेर अनि राष्ट्रियता र राष्ट्रवादको पगरी गुथेको ठेक्का लिने राष्ट्रवादी पार्टीहरु देखेर छक्क छु । मोदीप्रेमी सरकार देखेर वाक्कदिक्क छु अनि मोदीलाई भगवानझैँ देख्ने बाह्र बिघाका सोझा जनता सम्झेर दङ्ग छु । आखिर नभेट्दा कुरा काट्ने, भेटेपछि लम्पसार पर्ने नेपाली न भयौं हामी ।

हुन त मोदी यतिबेला तेस्रोपटक नेपाल आउँदै छन् । पहिलोपल्ट आउँदा हामी पनि खुशी थियौं । सारा नेपाली खुशी थिए । सडक किनारामा फूलको गुच्छा बोकेर सबै मोदीको प्रतीक्षामा घन्टौं कुरिरहेका थियौं । बालबालिकादेखि बूढाबूढीहरुको मुखमा मोदीकै नाम गुन्जायमान हुने गथ्र्यो । छिमेकी देशको प्रधानमन्त्री भए पनि नेपालको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भन्दा धेरै ठूलो आशा थियो । विश्वास थियो अनि भरोसा थियो हामीमा । कसैलाई नराम्रो नगर्ने, सोचेर बोल्ने, बोलेको जसरी पनि पूरा गर्ने एक असल र सहयोगी मन भएको नेताको रुपमा हाम्रो नजर एकोहोरिएको पक्कै हो ।

हुन त त्यतिबेला हाम्रो देशका नेताहरुको कार्यशैली र व्यवहारबाट निराश भएका हामीहरुले मोदी जस्तो नेता नेपालमा जन्मिने हो भने देशको काँचुली पक्कै फेरिने थियो भनेर सोच्न वाध्य भएको पनि सत्य हो । तर तत्कालीन जुन खुशीको साथ मोदीको स्वागत गरियो अनि मनले नमान्दा नमान्दै बिदाई गरियो, त्यसको अमूल्य उपहार हामीलाई उनले दिएरै छाडे । त्यो पनि ६÷६ महिनासम्म । त्यो उपहार अझै हाम्रो मन मष्तिस्कमा त्यसरी नै ताजा छ, त्यसरी नै यादकर छ । यतिखेर त झन् पलपल घच्घच्याउँदै ताजा हुन् आइदिन्छ अनि कसरी र कुन हर्षमा मोदीको प्रशंसा गरौं प्रधानमन्त्रीज्यू ?

मोदी नेपाल आउने समाचारले अनि मोदीको नागरिक अभिनन्दन गर्ने खबरले केही नेताहरु खुशी होलान् । केही मन्त्रीहरु खुशी होलान् । बाह्र बिघा पनि खुशी होला अनि तपाइँ पनि वाध्यताले खुशी हुनु होला प्रधानमन्त्रीज्यू तर दुई करोड नेपालीहरु खुशी छैनन् अनि हुन पनि सक्दैनन् ।

हुन त सरकारकै अग्रसरतामा मोदीको अभिनन्दन हुँदैछ तर केका लागि र किन भन्ने कुरा अझै हामी जनताले बुझ्न सकिरहेका छैनौं । यतिबेला सबैको मनमा यही कुरा खेलिरहेको छ कि आफू अनुकूल संविधान नबनाएको रिसमा निर्दोष नेपालीहरुको छातीमा लात हान्दै गरिएको नाकाबन्दीको पाप पखाल्नको निम्ति जानकी र मुक्तिनाथ मन्दिरको शरणमा जाने मोदीलाई किन अभिनन्दन गर्न मरिहत्ते गरिदैछ प्रधानमन्त्रीज्यू ?

यदि अभिनन्दन नै गर्नु परे अघोषित नाकाबन्दी गरेर दुख दिएकोमा, पटकपटक सीमा अतिक्रमण गरेकोमा, राष्ट्र र राष्ट्रियतामाथि कुठाराघात गरेकोमा, हाम्रो हजारौं हेक्टर जमिन कब्जा गरेकोमा, बर्षैपिच्छे कोशी ब्यारेजका ढोका थुनेर तराई डुबान गरेकोमा, नेपालको राजनीतिमा पटकपटक हस्तक्षेप गरेकोमा, गौतम बुद्ध भारतमै जन्मेका हुन् भनेकोमा अनि नेपाली सिमानामा एसएसबीलाई नेपालीहरुलाई गोली हान्न र नेपाली चेलीहरुलाई दुव्र्यवहार गर्न छुट दिएकोमा दुई करोड नेपालीको तर्फबाट टुँडीखेलमा राखेर भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गरौं । त्यसमा सारा जनताको समर्थन जुट्नेछ । यो नै सबै नेपालीहरुको इच्छा र चाहना हो प्रधानमन्त्रीज्यू ।

यदि यो हुँदैन र सम्भब छैन भने मोदीलाई बाह्र बिघामा अभिनन्दन गरेर दुई करोड नेपालीलाई निराश नबनाइदिनुस । सबै नेपालीहरु यही चाहन्छन् । हिजोको इतिहासपछि अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालीको लागि कोही होइनन् र हुने पनि छैनन् । हामी पनि अभिनन्दन गर्न इच्छुक र उत्साहित छौं तर भारतीय प्रधानमन्त्री मोदीलाई होइन नेपाली प्रधानमन्त्री ओलीलाई यानेकी तपाईलाई ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Timalsina Viren

    Sahi ho

    Comment Author

    Kantosh Gurung

    Welcome modo…

    Comment Author

    S.K. Thapa

    कुन प्र म को ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?