कुलमानको आन्शुले पोल्ने छ ठग राजनिति दलहरुलाइ !!!
सारांश
- देशलाइ १७ घन्टा लोडसेडिङबाट मुक्त बनाइ २४ घन्टा उज्यालो दिन सफल इमानदार कुलमान यति बेला रुने अवस्थामा आएको छन, यि सबैको कारण अरु कोहि नभई माओवादी र अन्य केहि राजनिति दल रहेको पुष्ठि हुन खोज्दै छ ।
- जाली झेली भ्रष्टाचारी र फटाहरुको ज्वालामुखिमा एक इमानदार कर्मचारी जिउदै जल्दै आइरहेको र इमान्दारीताको अन्त्य भएको जस्तो महशुस नेपाली जनतामा हुन थालेको छ ।
- यदि साच्चि नै कुलमान घिसिङ जस्ता ईमानदार ब्यक्ति नहुदो हो त हामी आजका दिन सम्म पनि कतै अन्धकारमा हराइ रहेका हुने थियौ ।
देशलाइ १७ घन्टा लोडसेडिङबाट मुक्त बनाइ २४ घन्टा उज्यालो दिन सफल इमानदार कुलमान यति बेला रुने अवस्थामा आएको छन, यि सबैको कारण अरु कोहि नभई माओवादी र अन्य केहि राजनिति दल रहेको पुष्ठि हुन खोज्दै छ । जाली झेली भ्रष्टाचारी र फटाहरुको ज्वालामुखिमा एक इमानदार कर्मचारी जिउदै जल्दै आइरहेको र इमान्दारीताको अन्त्य भएको जस्तो महशुस नेपाली जनतामा हुन थालेको छ । यदि साच्चि नै कुलमान घिसिङ जस्ता ईमानदार ब्यक्ति नहुदो हो त हामी आजका दिन सम्म पनि कतै अन्धकारमा हराइ रहेका हुने थियौ । २४ घन्टाको समयमा १२ देखी १८ घन्टाको लोडसेडिङ खेप्दै आएका हामिलाई अन्धकार एक प्रकारको बानी जस्तै पर्दै आइ सकेको थियो ।
बिधुत् प्राधिकरण आफैले गर्नुपर्ने र गर्न सक्ने एल इ डी बल्ब खरिद प्रकरण मन्त्रीपरिषद निर्णय गराउनु नितिगत अनियमितताको ज्वलन्ता नमुना भएको भन्दै प्रतिकृया पनि दिनु भएको थियो ।

राजनिती घट्ना क्रम जे जस्तो भएता पनि देशको लागि केही राम्रो गर्छु भन्ने इमानदार कुलमान जस्तालाइ रुवाउनु राजनीति गरि ठगी खानेहरुका लागि महाभुल हुन सक्छ । हुन त देशमा एउटा कुलमान मात्र रोएका पनि होइन सिडियोलाइ झाप्पड हानी उल्टो माफी माग्न लगाइ रुवाएको पनि यहाँ यता कता सुनिन्छ, त्यस्तै सुनको तस्करको जालो नस्ट गर्ने अर्को इमानदार प्रहरी नबराज सिलवाल जस्तालाइ झुठो आरोप लगाइ रुवाएको भनेर पनि चर्चा नचलेका होइन, यसै क्रममा प्रधानन्यायाधीश सम्म रुने देशमा एउटा कुलमान रुनु कुनै आश्रच्यको बिषय पनि होइन भन्ने आम नेपालि जनताहरुको बुझाइ रहदै आएको छ ।
प्रतिक्रिया