आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
२७ पटक हेरिएको
Shares
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति

सारांश

  • काठमाडौं।
  • उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्।
  • विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन्।

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्। विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन्। श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक रुपमा विकासको फड्को मार्न नसकेको भन्दै उनले आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नुपर्ने बताए।

उनले प्रविधिको प्रयोग गर्न नसकेकाले विकासमा नेपाल पछि परेको उल्लेख गर्दै उनले नेपाल र नेपालीको जीवनस्तर उठाई सम्मृद्ध नेपाल निर्माणका लागि प्राप्त ज्ञानलाई नेपालमा नै प्रयोग गर्न युवा बैज्ञानिकहरुलाई आग्रह गरे। उपराष्ट्रपति पुनले ३ दिन सम्म चल्ने सम्मेलनले दिने निचोड मुलुकका लागि ठूलो उपलब्धि हुने विश्वास आफुले लिएको बताए।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालयतहमा नै प्राविधिक शिक्षा उपलब्ध गराउने गरी विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राखेको बताए। नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना भएको सम्मेलन सम्मेलन ३ दिन सम्म चल्ने छ। स्वदेशमा कार्यरत र विदेशमा बसेका नेपाली बैज्ञानिकहरुको सहभागीता रहेको छ।

(etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते
सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
तेलको अन्तर्रा्ष्ट्रिय मूल्य ६८५ घट्दा नेपालमा ९ ५ मात्र घट्यो
तेलको अन्तर्रा्ष्ट्रिय मूल्य ६८५ घट्दा नेपालमा ९ ५ मात्र घट्यो
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
भारतीय विदेश सचिव नेपालमा
भारतीय विदेश सचिव नेपालमा
Avast VPN Problems
पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए
पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए

तपाईंले छुटाउनुभयो कि?