विद्यालय पुनःनिर्माणमा जापानी अनुदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
विद्यालय पुनःनिर्माणमा जापानी अनुदान

सारांश

  • काठमाडौँ, २५ माघ , जापान सरकारले धादिङको विकट गाउँ सेर्तुङमा अवस्थित विद्यालय भवन निर्माण गर्न रु ९२ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
  • अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँस्थित जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंकेश गुरुङले हस्ताक्षर गर्नुभयो ।
  • विसं २०७२ को भूकम्पबाट भत्केको च्याम्रादेवी माविको भवन निर्माण गर्न जापान सरकारले विद्यालय व्यवस्थापन समितिलाई सोझै अनुदान उपलब्ध गराउन लागेको हो ।

काठमाडौँ, २५ माघ , जापान सरकारले धादिङको विकट गाउँ सेर्तुङमा अवस्थित विद्यालय भवन निर्माण गर्न रु ९२ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँस्थित जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंकेश गुरुङले हस्ताक्षर गर्नुभयो । विसं २०७२ को भूकम्पबाट भत्केको च्याम्रादेवी माविको भवन निर्माण गर्न जापान सरकारले विद्यालय व्यवस्थापन समितिलाई सोझै अनुदान उपलब्ध गराउन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?