हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड

सारांश

  • काठमाडौं, १३ माघ ।
  •  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब बन्ने वाम गठबन्धन सरकारले मधेसको समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् ।
  • राजपानिकट विद्यार्थी संगठनका नेताहरूलाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले त्यस्तो बताएका हुन् ।

काठमाडौं, १३ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब बन्ने वाम गठबन्धन सरकारले मधेसको समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् । राजपानिकट विद्यार्थी संगठनका नेताहरूलाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले त्यस्तो बताएका हुन् ।

‘हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ । अब सबै कुरा शान्तिपूर्ण रूपमा, संविधानको दायराबाट पूरा गर्न सकिन्छ, प्रचण्डले भने, ‘मधेसलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।’ देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले त्यसका लागि प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने प्रचण्डले बताए । ‘हामीले राजनीतिक क्रान्ति धेरैपटक ग¥यौँ, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नु छ, त्यसका लागि तपाईँहरूजस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।

राजपाका दुई सय विद्यार्थी माओवादीमा प्रवेश
अध्यक्ष प्रचण्डले राष्ट्रिय जनता पार्टी (राजपा)को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहित करिब दुई सय विद्यार्थी नेतालाई माओवादी केन्द्रमा प्रवेश गराए । ललितपुरस्थित प्रचण्डको निजीनिवास खुमलटारमा आयोजित कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा महासचिव साहसहित तमलोपाका पूर्वविद्यार्थी उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थीसचिव ज्ञानकुमार कुशवाहा, मधेसी विद्यार्थी समाजका कोषाध्यक्ष वसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरू आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुंगेल, अमन श्रेष्ठ, नीरज कुशवाहा, गायिका सोलिना कुँवर, संगीतकार सन्तोष राजलगायत छन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेसमा विद्यमान विभेदको सम्बोधन विकास र समृद्धिबाट मात्र सम्भव हुने बताए । राजपा विद्यार्थी संगठनका महासचिव साहले माओवादी पार्टी नै मधेसी जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएकाले आफूहरू माओवादीमा प्रवेश गरेको र निरन्तर माओवादी आन्दोलनमै क्रियाशील हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?