नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो

सारांश

  • काठमाडौँ ।
  • उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ ।
  • मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनायो ।

काठमाडौँ । उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनायो ।

नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने ओपनर दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए । तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र ४ छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र २ छक्का हानेका हुन् । पाँचाँै नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए ।

देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुभास भण्डारी १८ रन जोडे । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोएसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली
कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली
राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’
राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपाधी नेपालकाे नाममा, सन्दिपले बनाए किर्तिमान !
उपाधी नेपालकाे नाममा, सन्दिपले बनाए किर्तिमान !
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
तरकारी बोकेको  जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते
तरकारी बोकेको  जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

तपाईंले छुटाउनुभयो कि?