कृषकलाई अन्न भकारी वितरण गरिँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कृषकलाई अन्न भकारी वितरण गरिँदै

सारांश

  • दार्चुला, १५ माघ, कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ ।
  • कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो ।
  • कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका साबिकका गाविस सुन्सेरा, धौलाकोट, धारी, धाप, दत्तु, हुनैनाथ, डाडाकोट, लटिनाथ, गुल्जर र घुषाका कृषकलाई ५० प्रतिशत अनुदानमा अन्न भकारी वितरण भइरहेको उहाँको भनाइ छ ।

दार्चुला, १५ माघ, कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ ।

कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो ।

कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका साबिकका गाविस सुन्सेरा, धौलाकोट, धारी, धाप, दत्तु, हुनैनाथ, डाडाकोट, लटिनाथ, गुल्जर र घुषाका कृषकलाई ५० प्रतिशत अनुदानमा अन्न भकारी वितरण भइरहेको उहाँको भनाइ छ ।

कैलालीको धनगढीबाट आयातीत गरिएका २०० अन्न भकारी कृषकलाई वितरण गरिने निमित्त प्रमुख जोशीको भनाइ छ । एक कृषि समूहका २५ जनाका दरले प्रत्येक कृषि समूहका कृषकलाई अन्न भकारी वितरण गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

धातुबाट निर्माण गरिएको उक्त मेटल सिडबिन अर्थात् धातु भकारीमा बीउ राख्दा लामो समयसम्म केही नहुने, घुन, पुतली र मुसाबाट सजिलै बचाउन सकिने उहाँले बताउनुभयो । आफ्ना मागका आधारमा अन्न भकारी उपलब्ध गराएको भन्दै कृषक उत्साहित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Yet another added to the list- Portia de Rossi accuses Steven Seagal of sexual harassment
Yet another added to the list- Portia de Rossi accuses Steven Seagal of sexual harassment
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !
जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा