प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
सारांश
- काठमाडौं ७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै सरकारका सबै प्रमुखहरुलाई काठमाडौं बोलाएका छन् ।
- नयाँ सरकार गठन भएसँगै पहिलो पटक सबै प्रमुखका वैठक हुन लागेको हो ।
- प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायधिवक्तासँग आज बुधबार ११ बजे छलफल गर्दैछन्।
काठमाडौं ७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै सरकारका सबै प्रमुखहरुलाई काठमाडौं बोलाएका छन् । नयाँ सरकार गठन भएसँगै पहिलो पटक सबै प्रमुखका वैठक हुन लागेको हो ।
प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायधिवक्तासँग आज बुधबार ११ बजे छलफल गर्दैछन्।
संघीय सरकार सञ्चालनको क्रममा प्रदेशमा देखिएका समस्या र समाधानको विषयमा छलफल गर्ने जनाइएको छ ।
पहिलो पटक सञ्चालनमा आएको प्रदेश सरकार चलाउन कानुनी, प्राविधिक समस्या देखिएका छन् । देखिएका समस्या समाधान गर्न सरकारले छलफल गर्न लागेको हो।
केन्द्र र प्रदेश सरकारबीचको सम्बन्धका प्राविधिक विषयमा समेत छलफल केन्द्रित रहनेछ। साथै प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा खटाएका कर्मचारी नजाँदा समस्या देखिएको छ।
सरकारले खटाएका कर्मचारी नजाने विषयमा पनि आजको बैठकमा मन्त्रालयका सचिवहरुसँग पदाधिकारीसहित छलफल हुनेछ।
प्रतिक्रिया