कृषि अनुसन्धान केन्द्रमा तालाबन्दी
सारांश
- अस्बिन खड्का, र्इटहरी ११ साउन।
- कार्यालयकाे काम गाेप्य रूपमा गरेर अनियमितता गरेकाे भन्दै र्इटहरीमा रहेकाे क्षेत्रीय कार्यायमा कर्मचारीहरूले तालाबन्दि गरेका छन् ।
- क्षेत्रीय निर्देशक रामबलि साह, प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल र लेखापाल सोभित लाल यादव ले सबै काम काज गोप्य रुपमा नै अनियमितता गर्ने कार्य गरेको भन्दै कर्मचारीहरुले सामूहिक रुपमा तालाबन्दी गरेका हुन् ।
अस्बिन खड्का, र्इटहरी ११ साउन। कार्यालयकाे काम गाेप्य रूपमा गरेर अनियमितता गरेकाे भन्दै र्इटहरीमा रहेकाे क्षेत्रीय कार्यायमा कर्मचारीहरूले तालाबन्दि गरेका छन् । क्षेत्रीय निर्देशक रामबलि साह, प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल र लेखापाल सोभित लाल यादव ले सबै काम काज गोप्य रुपमा नै अनियमितता गर्ने कार्य गरेको भन्दै कर्मचारीहरुले सामूहिक रुपमा तालाबन्दी गरेका हुन् ।
कार्यालय का सबै कर्मचारीहरु मिलेर तालबन्दी गरिएको बताउँदै एक कर्मचारीले भने, ‘बिल भरपाई नदिने, पेश्की नदिने, आगामी वर्षको बजेट अग्रिम रुपमा ड्युमा राख्ने गरेकाले हामीले तालबन्दी गरेका हौँ’ उनले भने, ‘अब ती कुराहरु सुधार हुनुपर्यो, छानबिन होस् हाम्रो यहि माग छ ।’ काम पारदर्शी रुपमा हुनुपर्ने कर्मचारीहरुको भनाई रहेको छ । लेखापाल र निर्देशक ले गोप्य रुपमा रकम हिनामिना गरेको कर्मचारीहरुको आरोप रहेको छ ।
निर्देशक रामबली साह भने राजनीतिक चलखेल भएको बताउँछन् । ‘कुनै एजेन्डा छैन, उहाँहरुले माग पनि राख्नुभएको छैन, खासै एजेन्डा केही छैन, कस्ले बन्द गर्यो, किन गर्यो मलाई केही थाहा छैन’कारणबिनै तालाबन्दी गरेको उनको तर्क थियो । यस विषयमा लेखापाल सोभितलाल यादव सँग सम्पर्क गर्दा यहाँ एउटा गाडी रहेको र तीन जना ड्राइभर रहेकाले समस्या भएको बताए । उनले भने, ‘तीन जना ड्राइभर रहेका छन्, सात हजारको बिल आएको छ, बजेट भन्दा अगाडि फछ्र्यौट गर्न मिल्दैन भनेको मात्र हो तर सोही कारण तालबन्दी भएको हो ।
यस बिषयमा छानबिन समिति गठन भएकाले छानविन गर्न तत्काल आउने उनको भनाई थियो ।
क्षेत्रीय कार्यायमा अनियमित भएको भन्दै केन्द्रीय अनुसन्धानले छानविन समिति समेत गठन गरेको छ।
प्रतिक्रिया