सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर, चाँदी भने निरन्तर वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ३, २०७७
|
|
५० पटक हेरिएको
Shares
सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर, चाँदी भने निरन्तर वृद्धि

सारांश

  • सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ ।
  • चैत ३ गते मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । चैत ३ गते मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यस साताको पहिलो कारोबार दिनदेखि सुन यसै मूल्यमा किनबेच भइरहेको हो ।

सुनको भाउ स्थिर रहेता पनि चाँदीको भाउ भने निरन्तर वृद्धि भइरहेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार पनि चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँ तोकिएको थियो ।मंगलबार अन्तरराष्ट्रिय बजारमा भने सुनचाँदीको भाउमा बढोत्तरी भएको छ । यस दिन सुन प्रति अउन्स चार डलरभन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७३६ डलर बराबरमा खरिदबिक्री हुँदैछ ।

चाँदी पनि सामान्य रुपमा उकालो लागेर प्रति अउन्स २६ डलर भन्दा धेरैमा किनबेच भइरहेको छ ।–मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको दवावमा मध्यराति चार एआइजी बढुवा
प्रधानमन्त्रीको दवावमा मध्यराति चार एआइजी बढुवा
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको तयारी !
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
Totally free Adult Conversation And Sexual intercourse Chat Rooms
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
भारतमा दुई दर्जनभन्दा बढीमा कोरोना भेटिएपछि वीरगन्जमा सजगता
भारतमा दुई दर्जनभन्दा बढीमा कोरोना भेटिएपछि वीरगन्जमा सजगता
गृहद्वारा सीडीओ हेरफेर (सूचीसहित)
गृहद्वारा सीडीओ हेरफेर (सूचीसहित)