केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’

सारांश

  • काठमाडौं, माघ १७ ।
  • नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष ओलीले कालो धनलाई सेतो बनाउन ठाउँ दिनुपर्छ भन्दै दिएको अभिव्यक्तिभित्र खतरनाक षड्यन्त्र हुन सक्ने बताएका छन् ।
  • नेपाली कांग्रेस बुटवल नगर समितिले बुटवलमा गरेको कार्यकर्ता भेलामा बोल्दै नेता थापाले ओलीको अभिव्यक्तिभित्र खतरनाक षड्यन्त्रको आशंका पैदा गरेको भन्दै त्यस्ता षड्यन्त्रकोविरुद्व कांग्रेस जुध्न तयार रहेको बताए ।

काठमाडौं, माघ १७ । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष ओलीले कालो धनलाई सेतो बनाउन ठाउँ दिनुपर्छ भन्दै दिएको अभिव्यक्तिभित्र खतरनाक षड्यन्त्र हुन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस बुटवल नगर समितिले बुटवलमा गरेको कार्यकर्ता भेलामा बोल्दै नेता थापाले ओलीको अभिव्यक्तिभित्र खतरनाक षड्यन्त्रको आशंका पैदा गरेको भन्दै त्यस्ता षड्यन्त्रकोविरुद्व कांग्रेस जुध्न तयार रहेको बताए ।

उनले ओलीको अधिव्यक्ति खतराको ‘ट्रेलर’ भएको बताए । ‘यो खतरनाक ट्रेलर मात्र हो,’ उनले भने, ‘अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ ।’

नेता गगन थापाले मुलुकमा नयाँ संविधान कार्यान्वयन भएसँगै युग परिवर्तन भएको भन्दै नयाँ युगको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्ने बताए । अब पाका नेताहरुको अभिभावकत्वमा नयाँ नेतृत्व आउनुपर्ने उनले बताए ।

‘तपाईंहरु भन्नुस्, यहाँसम्म गाडी मैले लिएर आएको हो । अब गाडीको पछाडि बस्छु, गियर, क्लज मिलाउन जानेनौं भने यसरी गर भन्छु,’ उनले भने, ‘शीर्ष नेताले हामीले सिकाएको अनुसारले गर भनेर पछाडि बसेर भन्ने आँट गर्नुपर्छ ।’

उनले अब दुईअढाई वर्ष नपर्खी तत्काल कांग्रेसको महासमिति बैठक हुँदै महाधिवेसनमा जानुपर्ने भन्दै मुलुकको नयाँ संरचनाअनुसार पार्टीको संरचना पनि बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?