उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी

सारांश

  • दाङ, २० पुस ।
  • उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी गरेको छ।
  • ‘प्रतिष्ठानमा गरिएको शुल्क वृद्धिको निर्णय खारेज गरी पाउँ’ भनी परेको निवेदनमा अन्तरिम आदेश जारी गर्दै अदालतले निवेदनमा टुंगो नलाग्दासम्म शुल्क वृद्धिको निर्णय कार्यान्वयन नगराउन दुवै पक्षलाई निर्देशन दिएको छ।

दाङ, २० पुस । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी गरेको छ। ‘प्रतिष्ठानमा गरिएको शुल्क वृद्धिको निर्णय खारेज गरी पाउँ’ भनी परेको निवेदनमा अन्तरिम आदेश जारी गर्दै अदालतले निवेदनमा टुंगो नलाग्दासम्म शुल्क वृद्धिको निर्णय कार्यान्वयन नगराउन दुवै पक्षलाई निर्देशन दिएको छ।

सिनेटको बैठक नबसी ‘प्रतिष्ठानले गरेको शुल्क वृद्धि खारेज गराइ पाउँ’ भनी अधिवक्ता सुदिप गौतम, नेकपाका युवानेता विवेक श्रेष्ठ र स्वास्थ्यकर्मी मदन ओलीले रिट दायर गरेका थिए। अधिवक्ता प्रविण लम्साल, डिल्लीराज धिताल, विष्णुमणि धिताल, प्रेमबहादुर ओली, मोहन धिताल, रामशरण चौतारी र सुदिप गौतमले बहस गरेका थिए।

मुद्दाको आदेश उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले गरेका थिए। केही दिन अघिदेखि प्रतिष्ठानले चरम शुल्क वृद्धि गरेको थियो। प्रतिष्ठानले सूचना टाँस गरी गत मंगलबारदेखि शुल्क वृद्धि गरेको हो। बिरामी भर्ना शुल्कमा २५ बाट १ सय रुपैंया पुर्याइएको छ भने आकस्मिक बिरामी भर्ना शुल्कमा २५ बाट २ सय रुपैयाँ पुर्याइएको छ। साथै सुत्केरी महिलाहरूले प्रसुति गराएबापत सुत्केरी खर्च प्राप्त गर्दै आएकोमा उल्टो ३ हजारदेखि १२ हजार रुपैयाँ बुझाउनु पर्ने गरी शुल्क वृद्धि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलत नक्सा र निसान छापबारे सरकारकाे यस्ताे ‘एक्शन !
गलत नक्सा र निसान छापबारे सरकारकाे यस्ताे ‘एक्शन !
नेपालको परराष्ट्र नीति भारतको विपक्षमा
नेपालको परराष्ट्र नीति भारतको विपक्षमा
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
मण्डनदेउपुर नगरपालिकामा नेकपा एमाले आगाडि !
मण्डनदेउपुर नगरपालिकामा नेकपा एमाले आगाडि !
१९० डिएसपीको सरुवाः को कहाँ पुगे ?
१९० डिएसपीको सरुवाः को कहाँ पुगे ?
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
सञ्चारमैत्री वातावरण बनाउनेछु : सञ्चारमन्त्री बस्नेत
सञ्चारमैत्री वातावरण बनाउनेछु : सञ्चारमन्त्री बस्नेत