‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन् ।
- प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै अहिले अत्यावश्यक भैसकेको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै अहिले अत्यावश्यक भैसकेको बताए ।
“केही वर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो” प्रधानमन्त्री ओलीले भने, “मोवाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।”
प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । “प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्छ” प्रधानमन्त्री ओलीले भने, “प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।”
वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।”
प्रतिक्रिया