प्रभु बैंकका ग्राहकले अब नेत्रालयमा विशेष छुट पाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
१७ पटक हेरिएको
Shares
प्रभु बैंकका ग्राहकले अब नेत्रालयमा विशेष छुट पाउने

सारांश

  • काठमाडौ ।
  • प्रभु बैंकका ग्राहकले काठमाण्डौं नेत्रालय प्रा.
  • लिमा छुट पाउने भएका छन् ।

काठमाडौ । प्रभु बैंकका ग्राहकले काठमाण्डौं नेत्रालय प्रा. लिमा छुट पाउने भएका छन् । प्रभु बैंक र गोल्फुटार स्थित काठमाण्डौं नेत्रालय प्रा। लि। बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्रीकृष्ण दवाडी र काठमाण्डौं नेत्रालय प्रा। लि।का तर्फबाट निर्देशक रोहित सैंजुले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले काठमाण्डौं नेत्रालय प्रा। लि।द्धारा सञ्चालित सम्र्पूण सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।

सम्झौता अन्तर्गत काठमाण्डौं नेत्रालय प्रा। लि।मा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, काठमाण्डौं नेत्रालय प्रा। लि।का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?