सरकारविरुद्ध थप मोर्चाबन्दी, विपक्षी दलहरुले गरे यस्तो सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
४५ पटक हेरिएको
Shares
सरकारविरुद्ध थप मोर्चाबन्दी, विपक्षी दलहरुले गरे यस्तो सहमति

सारांश

  • काठमाडौं, १२ फागुन ।
  • वर्तमान सरकारविरुद्ध विपक्षी दलहरुले पनि मोर्चाबन्दी गरेका छन् ।
  • पार्टी्भित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी भैरहेको अवस्थामा प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विपक्षी समाजवादी र राष्ट्रिय जनता पार्टीसँग सरकारविरुद्ध सशक्त आवाज उठाउने सहमति गरेको छ ।

काठमाडौं, १२ फागुन । वर्तमान सरकारविरुद्ध विपक्षी दलहरुले पनि मोर्चाबन्दी गरेका छन् । पार्टी्भित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी भैरहेको अवस्थामा प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विपक्षी समाजवादी र राष्ट्रिय जनता पार्टीसँग सरकारविरुद्ध सशक्त आवाज उठाउने सहमति गरेको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले संसदलाई थप उत्तरदायी बनाउनको सहकार्य गर्नेबारे सहमति गरेको जानकारी दिईन् । उनले भनिन्, संसदलाई अझै उत्तरदायी बनाउनको लागि हामीले छलफल गरेका छौं ।’ उनका अनुसार भोलि (मंगलबार) संसदमा पार्टीले सशक्त आवाज उठाउने भएको छ ।

सिंहदरबारमा भएको छलफलमा तीन दलले मुद्दाका आधारमा सहकार्य गर्ने सहमति गरेका छन् । बास्कोटाले त्यही दिन राजीनामा दिइसकेका छन् भने यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?