के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन

सारांश

  • माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा माघ ६ मानव बेचबिखन  तथा लैङ्गिक हिंसा विरुद्ध कार्य गर्दै आइरहेको के.
  • आई.
  • एन नेपाल कपिलवस्तुले आफ्नो ३ वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ ।

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा माघ ६
मानव बेचबिखन  तथा लैङ्गिक हिंसा विरुद्ध कार्य गर्दै आइरहेको के.आई.एन नेपाल कपिलवस्तुले आफ्नो ३ वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ ।
के.आई.एन नेपाल कपिलवस्तु शाखाले सीमा नाकामा सीमा निगरानी कार्यक्रम अन्तर्गत ३ वर्षको अवधिमा १२ हजार ४ सय ६७ जना प्रभावितहरुलाई सीमा निगरानी, सूचना सम्प्रेषण परामर्श तथा उद्धार गरिएको छ ।
जसमध्ये ३ सय ६१ जनालाई उद्धार पश्चात परिवारमा पुनर्मिलन गराइएको छ । २ सय २६ जनालाई आपतकालिन सुरक्षित आवास सेवा प्रदान गरिएको छ ।  ३० जनालाई उद्धार पश्चात चितवनस्थित सुरक्षित आवास गृहमा सीप विकास तालिममा सहभागि गराइएको छ । 
इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका ९  वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दाका १४ जनाको प्रभावितहरुले ११ जना विचौलिया विरुद्ध किटानी जाहेरी दिएका थिए । र जसमध्ये जिल्ला अदालत कपिलवस्तुले ७ वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दामा अभियुक्तहरुलाई जेल सजायको फैसला भइसकेको संस्थाका जिल्ला संयोजक केसर विश्वकर्माले जनाए ।  
के.आई.एन नेपाल शाखा कार्यालय कपिलबस्तु मार्फत  ३ वर्षको समयमा १५देखी २५ वर्ष उमेर समुहका महिला तथा किशोरीहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, शिक्षाबाट बंचित, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग तथा बेचबिखनको बदलिदो स्वरुपको कारण महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको परामर्शकर्ताका प्रतिनिधीहरु  वताउछन । 
स्थानीय सरकार, प्रहरी प्रशासन तथा समुदायमा रहेका व्यक्तिहरुको साथ सहयोग तथा सहकार्यको माध्यमबाट नै संस्थाले उपलव्धी हासिल गर्न सफल भएको संयोजक विश्वकर्माले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?