प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !

सारांश

  • बलिउड अभिनेत्री प्रियंका चोपडा तथा अमेरिकी मोडल तथा कलाकार निक जोनसको विवाह हुने पक्का भएको छ ।
  • निकले प्रियंकाको जन्मदिनको अवसर पारेर १ करोड ४० लाख भारु पर्ने औँठि लागाइदिँदै विवाहको लागि प्रस्ताव राखेका थिए ।
  • तर उनीहरुले औपचारीक घोषणा भने गरिसकेका छैनन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडा तथा अमेरिकी मोडल तथा कलाकार निक जोनसको विवाह हुने पक्का भएको छ । निकले प्रियंकाको जन्मदिनको अवसर पारेर १ करोड ४० लाख भारु पर्ने औँठि लागाइदिँदै विवाहको लागि प्रस्ताव राखेका थिए । तर उनीहरुले औपचारीक घोषणा भने गरिसकेका छैनन् ।


जन्मदिन पछि बाहिर आएका तस्वीरहरुमा उनको हातमा लगाइएको बहुमुल्य औँठि देखिएपछि प्रियंका विवाह बारे बताउन बाध्य भएकि थिइन । अब औपचारीक रुपमा विवाहको घोषणा भने १८ अगस्तमा मुम्बइको एक पाँच तारे होटलमा ठूलो कार्यक्रमका साथ हुनेछ । जसमा निकका परिवार देखि लिएर बलिउडका ठूला हस्ती समेत सहभागी हुनेछन् ।

उनीहरुको विवाहको चर्चा त छँदैछ साथै निकले दिएको करीब डेढ करोड पर्ने औँठिको पनि यतिबेला चारैतिर व्यापक चर्चा भैरहेको छ । २० लाख डलर अथवा नेपाली २ करोड भन्दा बढी पर्ने उक्त औँठि निकले लण्डनको एक स्टोरबाट खुद किनेर ल्याएका स्रोतले बताएको छ ।

प्रियंका र निक केही समय देखि प्रेम सम्बन्धमा रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?