के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?

सारांश

  • काठमाडौँ ।
  • बुधबार साँझ कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्ट आसपास गोली चलेको आवाज आयो ।
  • सुचना पाउनासाथ महानगरी प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दको टोली ‘फलोअफ’ निस्कीयो ।

काठमाडौँ । बुधबार साँझ कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्ट आसपास गोली चलेको आवाज आयो । सुचना पाउनासाथ महानगरी प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दको टोली ‘फलोअफ’ निस्कीयो । केहीसमयमा ५१ राउन्ड गोली सहित दुई भारतीय ‘सुटर’ पक्राउ परे ।

कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्टमा बसेका उनीहरुले होटल मालिकलाई भनेर यौन सम्पर्कका लागि दुई युवतीसमेत मगाएको खुलासा भयो । युवती नआउन्जेलसम्म उनीहरु मदिरा पिउँदै थिए । तर, युवती आएपछि भने आफूहरुलाई नचाहिने बताएपछि विवाद शुरु भयो । होटल सञ्चालकसँगको विवादपछि उनीहरुले आफूसँग भएको पेस्तोल तेस्र्याए र, ‘ट्रिगर’ दबाए ।

बन्दुक पढ्केको आवाजले कमलपोखरी क्षेत्रमा सन्त्रास फैलियो । गोली हान्ने दुई भारतीय भाग्दै गर्दा डिएसपी चन्दको नेतृत्वको टोलीले कमलादीको गणेश मन्दिरबाट पक्राउ गर्न सफल भयो ।

‘हामी सिआईबीका हौँ’

प्रहरीले पेस्तोल र ठूलो मात्रामा गोली गठ्ठासहित पक्राउ गरेको दुई जना भारतीय नागरिकसँग पन्जाब प्रहरीको परिचयपत्र भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । अहिले नेपाल प्रहरीको डिआइजीको कमाण्डमा रहने विशेष व्युरोले घटनाको अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले उनीबाट भारतीय रक्षा मन्त्रालयको राइफल फ्याक्ट्रीबाट उत्पादीत पेस्तोल बरामद गरेको छ भने ५१ राउण्ड गोली पनि बरामद गरेको छ । होटलमा प्रहरीले उनीहरुसँग पिबी १० एफएस ७४४९ नम्बरको कार समेत फेला पारेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अल नासरमाथि अल हिलाल २-० ले विजयी
अल नासरमाथि अल हिलाल २-० ले विजयी
मदारबाबा मेलामा एकको मृत्यु
मदारबाबा मेलामा एकको मृत्यु
कैलाली ५ मा आरजुको पछिल्लो अवस्था !
कैलाली ५ मा आरजुको पछिल्लो अवस्था !
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु
अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
भरतपुर–१९ को मतगणना जारी, यस्तो आयो भरतपुरको पछिल्लो ताजा मतपरिणाम
भरतपुर–१९ को मतगणना जारी, यस्तो आयो भरतपुरको पछिल्लो ताजा मतपरिणाम
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा

तपाईंले छुटाउनुभयो कि?