बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
४३ पटक हेरिएको
Shares
बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

सारांश

  • बागमती ।
  • बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् ।
  • प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरे ।

बागमती । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरे ।

नेकपा(एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुन् ।

प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको नेतृत्वमा सरकार बनाउन अभिभावकीय र नेतृत्वदायी भूमिका खेलेको बताए ।

उनले हाल राष्ट्रियरूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र माओवादी केन्द्र अर्को फरक राजनीतिक गठबन्धन बनाउने दिशातर्फ उन्मुख भएको अवस्थामा जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भइरहन नसकिने अवस्थाका कारण आजैका मितिदेखि लागू हुनेगरी संयुक्त राजीनामा दिएको घोषणा गरे ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनका लागि आह्वान बैठक हाल जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दिन मिस वर्ल्ड जितिन्छ
एक दिन मिस वर्ल्ड जितिन्छ
राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त
चलचित्र ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक
चलचित्र ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक
आलेख ः पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई
सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने – मन्त्री केसी
चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने – मन्त्री केसी
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !
बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !