के तपाईंलाई रातिमा निद्रा लाग्दैन ? यसरी पाउनुहोस् गहिरो निन्द्रा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
के तपाईंलाई रातिमा निद्रा लाग्दैन   ? यसरी पाउनुहोस् गहिरो निन्द्रा !

सारांश

  • काठमाडौं ।
  •   मानिस स्वस्थ रहनका लागि दैनिक कम्तीमा पनि ५ देखि ७ घन्टा सुत्नु आवश्यक पर्छ ।
  • तर वृद्धवृद्धाको लागि ५ देखि ६ घन्टा नै पर्याप्त हुन्छ ।

काठमाडौं ।  मानिस स्वस्थ रहनका लागि दैनिक कम्तीमा पनि ५ देखि ७ घन्टा सुत्नु आवश्यक पर्छ । तर वृद्धवृद्धाको लागि ५ देखि ६ घन्टा नै पर्याप्त हुन्छ । साना बच्चाका लागि ८ देखि १० घन्टा नै सुत्नु उपयोगी हुन्छ । तर रातिको समयमा पर्याप्त सुतेनौँ भने शरीरमा अल्छिपना आउँछ ।

चिन्ता, तनाव, निराशा, मानसिक र भावनात्मक असुरक्षा वा अन्य कुनै कारणले मानिसलाई राति निन्द्रा लाग्दैन। समयमै नसुत्ने, चिया वा कफी धेरै पिउने, कुनै समस्या वा बिरामी, ढिलो खाना खाने वा भोकै सुत्ने, ढिलोसम्म टिभी इन्टरनेट वा मोबाइल फोनमा व्यस्त हुने आदि कारणले पनि निन्द्रा हराउँछ।

निदाउन के गर्ने ?

-यदि कुनै कुरालाई लिएर तनाव छ भने पनि निन्द्रा पर्दैन। राम्रो र गहिरो निन्द्राको लागि दिमाग शान्त रहनुपर्छ।

-सुत्नुभन्दा पहिले थोरै समय दिमागलाई कुनै विशेष चिजमा केन्द्रित गर्दा मनको चञ्चलता कम हुन्छ र राम्रो निन्द्रा आउँछ।

-राति सुत्नभन्दा पहिले थोरै बेर यताउता हिँड्ने गर्दा आरामले पनि निन्द्रा आँउछ।

-बेलुकी सादा खाना खानुहोस् तर खाना खानसाथ सुतिनहाल्नुस्।

-दैनिक एकै समयमा सुत्नाले निन्द्रा गहिरो आउँछ।

-सुत्ने समयमा सजिलो कपडा लगाउनु पर्छ।

-सुत्नुभन्दा पहिले मनतातो दूधमा बेसार मिसाएर पिउनाले पनि राम्रो निन्द्रा पर्छ।

-दिउँसो सुत्नु बानी छ भने हटाइहाल्नुहोस्।

-सुत्ने प्रयास गरिरहनुभएको छ तर, निन्द्रा आइरहेको छैन भने उठेर थोरैबेर मधुर संगीत सुन्नुहोस्। यसले निदाउन सहयोग गर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?