प्रदेश ३ को नाम बागमती, राजधानी हेटौडा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश ३ को नाम बागमती, राजधानी हेटौडा

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ।
  • आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो।

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ। आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो। वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा निर्णय गरेको बताए। सबै पक्षहरुलाई ध्यानमा राख्दै साझा नामाकरण गर्न आवश्यक रहेकाले प्रदेशको नाम बाग्मती राख्ने र केन्द्र तत्कालका लागि हेटांैडा नै कायम गर्ने निर्णय बैठकले गरेको खनालले बताए।

बैठकमा सभामुख चयन र राष्ट्रिय सभा निर्वाचनको विषयले भने प्रवेश नै पाएन। नेकपाका महासचिव विष्णु पौडेलले समय अभावका कारण बैठकमा सभामुख चयन र राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल हुन नसकेको बताए। उनले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशनको बारेमा स्थायी कमिटिको निर्णय बमोजिम नै हुने बताए।

पुस ४ गतेबाट हिँउदे अधिवेशन सुरु भएपनि सभामुख चयनको प्रकृया अगाडी बढ्न सकेको छैन। निवर्तमान सभामुख कृष्णबहादुर महरा यौंन दुव्र्यवहारको आरोप लागेपछि पूर्पक्षका लागि थुनामा छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएपनि पार्टीको स्थायी कमिटी बैठकमा यसको विरोध भएको थियो। स्थायी कमिटीले एमसीसीका विषयमा आवश्यक निर्णय गर्ने जिम्मा सचिवालयलाई नै दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?