के सरकारका सल्लाहकार गलतै छन् त !
सारांश
- काठमाडौं ।
- सरकारले जनताले चाहे अनुसारको काम हुन नसकेको चर्चा चलेको छ ।
- सरकारको सल्लाहकार गलत भएकाले जनताको अपेक्षा र पार्टी घोषणापत्रअनुसार अनुसार काम हुन नसकेको भन्दै नेकपाभित्र कुरा उठ्ने भएको छ ।
काठमाडौं । सरकारले जनताले चाहे अनुसारको काम हुन नसकेको चर्चा चलेको छ । सरकारको सल्लाहकार गलत भएकाले जनताको अपेक्षा र पार्टी घोषणापत्रअनुसार अनुसार काम हुन नसकेको भन्दै नेकपाभित्र कुरा उठ्ने भएको छ ।
आज शनिवार बस्ने पार्टीको स्थायी कमिटी बैठकमा समेत सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारका सल्लाहकार परिवर्तनबारे छलफल हुने एक नेताले बताएका छन् ।
नेकपाका एक नेताका अनुसार सरकारका सल्लाहकारहरु गलत भएका कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको भन्दै पार्टीको वैठकमै विषय उठाउने भएका छन् । सरकारको काम भनेजस्तो नहुनु सल्लाहकारका कारण भएको भन्दै आज बस्ने वैठकमा छलफल गर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा आज तेस्रो स्थायी कमिटीको बैठक बस्दैछ । नेकपाका एक स्थायी कमिटीका सदस्यले सरकारले जनअपेक्षाका साथै पार्टी घोषणापत्रअनुसार काम गर्न नसकेको बताउँदै छलफल हुने बताए।
प्रतिक्रिया