अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
५० पटक हेरिएको
Shares
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला

सारांश

  • काठमाडाैं ।
  • स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ ।
  • अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो ।

काठमाडाैं । स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ । अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो । श्रीलङ्काले उक्त धातु यस विहारलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो । प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार आज त्यस क्षेत्रमा परिक्रमा गराइएको हो ।

अस्थि धातुलाई शिरमा राखी विहार परिसरबाट निकालेपछि स्वयम्भू परिक्रमा पथ घुमाइनाका साथै सोही विहारस्थित श्रीलङ्काराम चैत्यको पश्चिमपट्टि सर्वसाधारणको दर्शनका लागि आज दिनभर खुला गरिएको छ । विहारका प्रमुख भिक्षु धर्ममूर्तिले श्रीलङ्का सरकारको सहयोगमा नेपाल ल्याइएको अस्थि धातुलाई प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन प्रदर्शनीमा राखिने भए पनि नगर परिक्रमा भने तीन वर्षमा एकपटक गराइने बताए ।

विहारले विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै विशेष पूजा पनि गरेको थियो । पूजामा सहभागी धर्मगुहरुले बौद्ध साहित्यका पवित्र धर्मग्रन्थको विधिपूर्वक पाठ गर्नाका साथै रुस र युक्रेनबीच भइरहेको युद्वमा ज्यान गुमाएका व्यक्तिको मोक्षको कामना गरेका ।

कलहले अन्तर्राष्ट्रिय समुदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र साहित्यको प्रवर्द्धनबाट हिंसा न्यूनीकरण हुने भिक्षु धर्ममूर्तिले विश्वास व्यक्त गरे । विश्व शान्ति तथा सम्पूर्ण प्राणीको कल्याणका लागि बौद्ध दर्शन, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले बौद्ध साहित्यका माध्यमबाट विश्व शान्ति, सदभाव र भ्रातृत्वको शिक्षा संसारमा फैलाउन सकिने विचार व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
बलात्कारको आरोप लागेको एसएसपी राणाद्वारा आत्मसमपर्ण
बलात्कारको आरोप लागेको एसएसपी राणाद्वारा आत्मसमपर्ण
विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही
विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
गुफामा फसेका १२ जनाकाे उद्धार
गुफामा फसेका १२ जनाकाे उद्धार
भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने