घेराबन्दी बढ्दै जाँदा ओली चीनतर्फको नाकातिर

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २६, २०७७
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २६ कात्तिक ।
  • प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सत्तामाथि खड्को आइरहँदा उनी भने चीनतर्फको नाकामा जाँदैछन् ।
  • ओली आज किमाथांका नाकामा जानलागेका हुन् ।

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सत्तामाथि खड्को आइरहँदा उनी भने चीनतर्फको नाकामा जाँदैछन् । ओली आज किमाथांका नाकामा जानलागेका हुन् ।

हेलिकोप्टरबाट संखुवासभाबाट किमाथांका नाकामा जाने तय भएको हो । चीनसँगको उक्त नाका रणनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र बिहिबार प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । उनले हिजो बालुवाटार पुगी ओलीलाई समेत बैठकमा आउन भनेका छन् । तर, ओली भने आज चीनतर्फको नाकामा पुग्दैछन् । पार्टीभित्र ओलीविरुद्ध घेराबन्दी बढ्दै गएको छ । कुनैपनि बेला ओलीइतर समूहले कठोर कदम चालेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?