कैदीबन्दीलाई छैन मताधिकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कैदीबन्दीलाई छैन मताधिकार

सारांश

  • गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् ।
  •  निर्वाचन आयोगले कर्मचारीले समानुपातिक मत हाल्न नपाउने व्यवस्था गरेसँंगै कैदीबन्दीको समेत मताधिकारको प्रयोग अन्योलमा परेको हो ।
  • यस अघिका केन्द्रीय निर्वाचनमा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्दै आएका भएपनि नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत हाल्न पाइने नपाइनेमा आफूलाई थाहा नभएको कैदीबन्दी बताउँछन् ।

गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन आयोगले कर्मचारीले समानुपातिक मत हाल्न नपाउने व्यवस्था गरेसँंगै कैदीबन्दीको समेत मताधिकारको प्रयोग अन्योलमा परेको हो ।

यस अघिका केन्द्रीय निर्वाचनमा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्दै आएका भएपनि नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत हाल्न पाइने नपाइनेमा आफूलाई थाहा नभएको कैदीबन्दी बताउँछन् । ‘भोट हाल्न पाउनुपर्ने हो, अहिलेको चुनावमा के व्यवस्था गरेको छ । थाहा पाएका छैनौ ‘ आन्तरिक प्रशासनका चौकीदार दिपक चन्दले भने । उनका अनुसार पहिलेका केन्द्रीय चुनावमा कारागारबाटै मत दिएको बताउँदै यसपाली पनि मत दिन पाउनुपर्ने बताए ।

जिल्ला कारागार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेका अनुसार कैदीबन्दीले समानुपातिकमा मत हाल्न पाउने व्यवस्था रहेको बताउँदै यसपालीको निर्वाचनमा उनीहरुका लागि के व्यवस्था गरेको छ भन्ने बारेमा आफूलाई पनि जानकारी नभएको बताए । ‘अहिलेसम्म कुनै जानकारी छैन,उनले भने ,’कर्मचारीले नपाएपछि कैदीबन्दीले पनि पाउँदैनन् होला ।’

पाण्डेका अनुसार विगतमा निर्वाचन नजिकिँदै जाँदा मतदाता शिक्षा सञ्चालन भैसक्थ्यो तर,यसपाली उनीहरुका लागि मतदाता शिक्षाको कुनै सुरसार छैन । पाण्डेले कैदीबन्दीले भेटघाटको क्रममा आफूसँग पनि भोट हाल्न पाइने नपाइनेमा सोधपुछ गर्ने गरेको बताए । उनले कारागारभित्र रहेका अधिकांश कैदीबन्दी मतधिकार प्रयोग गर्न सक्ने उमेरका समेत रहेको बताउँदै उनीहरुमध्ये कसैको मतदाता नामावलीमा नाम संकलन समेत नभएको पनि जानकारी दिए ।

कैदीबन्दीका लागि समानुपातिकमा मतदान गर्ने व्यवस्था रहेको भएपनि यसपालिको निर्वाचनमा आयोगले कुनै परिपत्र नगरेको निर्वाचन कार्यालय सूचना शाखाका कृष्ण पन्थीले जानकारी दिए । ‘कैदीबन्दीले समानुपातिकमा भोट हाल्न पाउँथे,उनले भने,’हिले कर्मचारीले नपाएपछि कैदीबन्दीले पनि नपाउने होलान् । ‘आयोगले कुनै निर्णय गरेर परिपत्र गरेको छैन,उनले भने,‘के व्यवस्था गर्छ सोही अनुसार जानकारी गराउँछौ ।’ उनका अनुसार आधिकारीक निर्णय नभएका कारण कैदीबन्दीलाई मतदाता शिक्षा समेत दिन अलमल परेको बताए । हाल जिल्ला कारागार गुल्मीमा एक बच्चासहित ६० जना थुनुवा तथा कैदीबन्दी रहेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो
उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो
मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी
मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
रणबीर कपुरले भने, ‘अल्छी छु, बुवा बनेपछि थप अल्छी हुनेछु’
रणबीर कपुरले भने, ‘अल्छी छु, बुवा बनेपछि थप अल्छी हुनेछु’
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश
बार्सिलोना कोपा डेल रेबाट बाहिरियो
बार्सिलोना कोपा डेल रेबाट बाहिरियो
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
मानव बेचविखन तथा वैदेशिक रोजगारबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिँदै
मानव बेचविखन तथा वैदेशिक रोजगारबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिँदै

तपाईंले छुटाउनुभयो कि?