मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आज मनित्रपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
  • बालुवाटार स्रोतका अनुसार देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट मन्त्री थपेर सरकार विस्तारको तयारी गरेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मनित्रपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट मन्त्री थपेर सरकार विस्तारको तयारी गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकले ४ मन्त्रालय माग गरेपनि देउवाले तीन मन्त्रालय दिन सक्ने बताइरहेका छन् । राप्रपाबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा र सुनिल थापाको नाम चर्चामा छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा भएपनि अझै टुंगोमा पुग्न नसकेको जानकारी दिए । राप्रपाको कति र कोको मन्त्री बन्ने अझै टुंगो लागिनसकेको उनले बताए ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने तयारी गरेका छन् ।
हिरो

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jaya Timsina

    Hamra pmlai desko bhanda mantrimandal bistarko chinta chha.Achambha lagchha uhako tal dekher.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?