पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
सारांश
- काठमाडौँ, ३ असोज।
- सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन् ।
- नयाँ मिडिया प्रालिको शुभारम्भ गर्दै सभामुख महराले भने, “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।
काठमाडौँ, ३ असोज। सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन् । नयाँ मिडिया प्रालिको शुभारम्भ गर्दै सभामुख महराले भने, “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।” संविधान गतिशील दस्तावेज भएकाले समय र आवश्यकतानुसार संशोधन हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे ।
उनले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सबैलाई आह्वान गर्नुभयो । सभामुख महराले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेको बताउँदै आर्थिक समृद्धिको यात्रामा अबको पत्रकारिताले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद योगेश भट्टराईले संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी नयाँ कानून नआउने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता हनन हुनेछैन भने । अर्का सांसद तेजुलाल चौधरीले संविधानप्रति सबैको अपनत्व गराउनका लागि ध्यान दिन आग्रह गर्दै संविधानप्रदत्त अधिकारमाथि कहीँकतैबाट अङ्कुश लगाउन नहुनेमा जोड दिए ।
प्रतिक्रिया