कैदीहरूबीच झडप, १३ को मृत्यु,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
कैदीहरूबीच झडप, १३ को मृत्यु,

सारांश

  • मेक्सिकोकोको एक कारागारका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ को मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
  • नुएभो लेओन राज्यमा रहेको काडेरेता कारागारमा दुई समूह बीच झडप हुँदा यति ठूलो मानवीय क्षति हुन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् काडेरेता कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप भएको थियो ।
  • त्यसक्रममा दर्जनौँको मृत्यु भइसकेको छ ।

मेक्सिकोकोको एक कारागारका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ को मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।नुएभो लेओन राज्यमा रहेको काडेरेता कारागारमा दुई समूह बीच झडप हुँदा यति ठूलो मानवीय क्षति हुन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

काडेरेता कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप भएको थियो । त्यसक्रममा दर्जनौँको मृत्यु भइसकेको छ ।

नुएभो लेओन राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले पत्रकार सम्मेलनमा घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जानकारी दिएका छन् ।

मेक्सिकोको प्रहरीले अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान हुन नसकेको जनाएको छ । घटना भएको कारागारलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी चार जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?