कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
१५ पटक हेरिएको
Shares
कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै

सारांश

  • काठमाडौँ,१६ पुस ।
  • कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ ।
  • सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

काठमाडौँ,१६ पुस । कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि काम शुरु हुन बाँकी छ । पुल निर्माण गर्ने भनिएको एक स्थानमा भने अहिलेसम्म ठेक्का सम्झौता भइसकेको छैन । उहाँले भन्नुभयो, “नेपाल सरकारले निर्माण गर्ने सात स्थानमध्ये खसीबजारमा ठेक्का सम्झौता हुन बाँकी हो ।”

तीन स्थानमा आकाशे पुल सडक निर्माण निर्माण कम्पनी आफैँले गर्ने सम्झौतामा उल्लेख थियो तर यो सडकखण्डका धेरै स्थानमा बाटो काट्न सजिलो नभएकाले सरकारले थप पुल निर्माण शुरु गरेको इञ्जिनीयर शर्माले बताउनुभयो । सडक निर्माण तोकिएको मिति मङ्सिर मसान्तमा नै सकिएको छ । एक वर्षसम्म सडकमा कुनै पनि खालका समस्या आउँदा निर्माण कम्पनी आफैँले काम गर्ने गरी ‘मर्मत अवधि’ शुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?