बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

सारांश

  • गलकोट ।
  • भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन ।
  • कोसेलीका लागि र दसैंमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ ।

गलकोट । भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसैंमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राएको छन् । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याउएका हुन् ।

लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए । उनका अनुसार एउटाको मूल्य रू ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रू ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो ।

“अहिले रोज्जा च्याङ्ग्रा रू ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु पर्‍यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ”, उहाँले भन्नुभयो “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउदा मुस्ताङ्का च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।” थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याएका हुन् ।

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन् ।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसँैमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताए ।

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागू औषधसहित प्रहरी जासुस नै पक्राउ परे पछी…
लागू औषधसहित प्रहरी जासुस नै पक्राउ परे पछी…
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि
गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश
गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित
न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित
कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा
कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा
जहाँ, धाराबाट यसरी दूध आउँछ हेर्नुस्
जहाँ, धाराबाट यसरी दूध आउँछ हेर्नुस्

तपाईंले छुटाउनुभयो कि?