‘कृ’को ट्रेलर सार्वजनिक, अनमोल केसी पुरै एक्सन अवतारमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
५४ पटक हेरिएको
Shares
‘कृ’को ट्रेलर सार्वजनिक, अनमोल केसी पुरै एक्सन अवतारमा

सारांश

  • यस वर्षकै प्रतिक्षित मानिएको फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
  • ट्रेलरमा एकपछि अर्को सफल फिल्म दिदै आएका अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
  • काठमाडौँ, दरबामार्गस्थित क्यूज सिनेमा घरमा आयोजित कार्यक्रममा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

यस वर्षकै प्रतिक्षित मानिएको फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एकपछि अर्को सफल फिल्म दिदै आएका अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् । काठमाडौँ, दरबामार्गस्थित क्यूज सिनेमा घरमा आयोजित कार्यक्रममा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार अनमोल केसी र अदिती केसी उपस्थित थिए । यसै फिल्ममार्फत फिल्मी क्षेत्रमा डेब्यू गरेकी अदिती मिडियामा पहिलो–पटक सार्वजनिक भएकी हुन् । फिल्ममा काम गर्दाको क्षण निकै रमाइलो भएको उनले संक्षिप्त प्रतिक्रिया दिइन् ।

रोमान्टिक लभर व्वाईको भूमिका निभाउँदै आएका अनमोललाई एक्सन फिल्ममा काम गर्दा पनि सहज र रमाइलो लागेको बताए । सुटिङको समय सेटमा १४, १५ घण्टा समेत लगातार बिताएको उल्लेख गर्दै उनले आफ्ना लागि हरेक फिल्म पहिलो जस्तो लाग्ने बताए । त्यसैले हरेक फिल्मका लागि आफुले कडा मेहनत गर्ने गरेको दावी समेत उनले कार्यक्रममा गरे । सुपर काजल फिल्म्स र सुबास इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्मित ‘कृ’ माघ २६ गते देखि प्रदर्शन हुँदैछ । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा सुबास गिरी र भूवन केसी संयुक्त निर्माता हुन् ।

(https://bparlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाँटी रेटिएको अवस्थामा बन्दीपुरको झाडीमा एक व्यक्तिको शव फेला
घाँटी रेटिएको अवस्थामा बन्दीपुरको झाडीमा एक व्यक्तिको शव फेला
प्रेमीसँग मिलेर श्रीमानको हत्या
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य
कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य
प्रदीप ज्ञवालीलाई अंकमाल गर्दै प्रतिद्वन्द्वीले दिए शुभकामना
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन