बागलुङ–काठमाडौँ बस सेवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
बागलुङ–काठमाडौँ बस सेवा

सारांश

  • बागलुङ, ५ फागुन, पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ ।
  • वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।
  • बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ ।

बागलुङ, ५ फागुन, पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।

बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो ।

“बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ”, उहाँले भन्नुभयो, “यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ”, धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो ।

बागलुङ–काठमाडौँ भाडादर रु १५०० तोकिएको छ । जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?