कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु

सारांश

  • फागुन १२, काठमाण्डौ ।
  • कोरोना भाइरस फैलिएको दक्षिण कोरियामा रहेका नेपाली कामदारहरु अहिले बन्धक जस्तै बनेका छन् ।
  • संक्रमण हुने डरले काममा जान दिइएको छैन ।

फागुन १२, काठमाण्डौ । कोरोना भाइरस फैलिएको दक्षिण कोरियामा रहेका नेपाली कामदारहरु अहिले बन्धक जस्तै बनेका छन् । संक्रमण हुने डरले काममा जान दिइएको छैन । नेपालबाट कोरिया जान उडान निश्चित भइसकेकालाई पनि रोकिएको छ ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन लागेपछि इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ । उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारीमा थिए । श्रम विभाग अन्तरगत ईपीएस कोरिया शाखाले कोरोना भाइरसको संक्रमण देखिएपछि केही सामाधान नभएसम्म कोरिया कामदार नपठाउने भएको छ । कोरिया सरकारकै समन्वयमा नयाँ कामदारको उडान स्थगित गरिएको शाखाका निर्देशक कृष्ण प्रसाद खनालले बताए ।

पछिल्लो २४ घण्टामा मात्रै कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यहाँ रहेका कुनै पनि नेपालीमा भाइरस संक्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको बताएको छ ।

कोरियामा रहेका नेपाली कामदारहरु मिलेसम्म व्यक्तिगत रुपमा विदा मिलाएर नेपाल फर्किने क्रम भने सुरु भएको छ । काठमाण्डौका उज्जल सिटौलाले कम्पनीसँग धेरै विन्ति गरेपछि भोलिका भोलिदेखि लागु हेन गरी डेड महिनाका लागि विदा दिएको जानकारी दिए । भोलि साँझको उडानका लागि टिकट लिइसकेको छु । उनले भने । अरु साथीहरु पनि विदा मिलेसम्म नेपाल फर्किन प्रयासमा रहेको सिटौलाले जानकारी दिए ।

कोरिमामा नै रहेकी सविना कार्कीले पछिल्लो दिनमा काममा जान छोडेर कोठामै बसेको बताइन् । अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमण नफैलिए पनि त्यहाँ रहेको नेपाली दुतावासले सतर्क रहन सुझाब दिएको कार्कीले बताइन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राखिएका हेल्थ डेक्सले कोरिया र चीनबाट आउने नेपालीहरुलाई मात्र चेकजाच गरेको छ । अन्य देशबाट आउने नेपालीलाई भने चेक गरिएको छैन ।

कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु रहेकाछन् । ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन् । कमाईको हिसाबले दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा मानिएको भाषा परीक्षा उत्तीर्ण गरेर कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लाने गरेको छ ।

खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ । कोरिया सरकारले सन् २००७ यता रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई लैजान थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै
को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
मन्त्री यादवले ३ जना सचिवको नामै तोकेर कारवाहीको माग गरे
मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित !
मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित !
कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा
कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा
शल्यक्रियाको क्रममा यादवको पेटमा छाडियो फलामे औजार
शल्यक्रियाको क्रममा यादवको पेटमा छाडियो फलामे औजार
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?

तपाईंले छुटाउनुभयो कि?