को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै

सारांश

  • शिखरन्युज, २३ साउन ।
  • सर्वोच्च अदालतमा चार महिनादेखि प्रधानन्यायाधीश पद खाली छ ।
  • प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

शिखरन्युज, २३ साउन । सर्वोच्च अदालतमा चार महिनादेखि प्रधानन्यायाधीश पद खाली छ । प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ । न्याय परिषद् बैठकले यस अघि नै वरिष्ठताका आधारमा न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश चोलेन्द्रशमशेर जवराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

यसअघि जेठ २९ गते संवैधानिक परिषदले सर्वोच्चका न्यायाधीशमध्ये बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरिदियो । समितिले जोशीको न्यायपालिकामा काम गर्ने योजना नभएको, शैक्षिक प्रमाणपत्रमा विवाद उठेको भन्दै अस्वीकृत गरेको हो ।

यसरी संसदीय सुनुवाई समितिले प्रधान न्यायाधीशमा अस्वीकृत गरेको नेपालमा पहिलो पटक हो । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको वैठकले सिफारिस गरेको अस्वीकृत गरिएको हो ।

अहिले बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन् । दाबेदार दुई जनामध्ये बरिष्ठताको आधारमा ओमप्रकाश मिश्र पहिलो नम्बरमा छन् । आज बस्ने परिषद वैठकले बरिष्ठतम् न्यायाधीश मिश्रको नाम सिफारिस हुने सम्भावना दखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ जना घाइते
काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ जना घाइते
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार
प्रतीक्षारत आँखाहरु : बेपत्ताहरु सम्झिइँदै
कृषिमा लगानीको सम्भावनै सम्भावना
कृषिमा लगानीको सम्भावनै सम्भावना
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
मुस्ताङमा यो वर्ष घट्यो आलु उत्पादन
मुस्ताङमा यो वर्ष घट्यो आलु उत्पादन
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
अन्तिम समयमा स्वास्थ्य बीमा बोर्डको निर्देशक नियुक्ति प्रक्रिया रद्द: निमित्तकै भरमा संवेदनशील संस्था
अन्तिम समयमा स्वास्थ्य बीमा बोर्डको निर्देशक नियुक्ति प्रक्रिया रद्द: निमित्तकै भरमा संवेदनशील संस्था