प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने

सारांश

  • काठमाडौँ, १० चैत ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
  • बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजै अन्त्य हँुदैछ ।

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गर्नुभएको थियो । सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपाका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?