कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
सारांश
- काठमाडौँ ।
- कोरोना (कोभिड–१९) भाइरस परीक्षणका लागि अत्यावश्यक सामाग्री लिएर नेपाल एयरलाइन्सको वाइड बडी विमान काठमाडौँ त्रिभुवन विमानस्थल आईपुगेको छ ।
- उक्त विमान कोरोना परीक्षणका लागि अत्यावश्यक सामाग्री लिन हिजो शनिबार दिउँसो १२ः२० बजे चीन तर्फ उडेको थियो ।
काठमाडौँ । कोरोना (कोभिड–१९) भाइरस परीक्षणका लागि अत्यावश्यक सामाग्री लिएर नेपाल एयरलाइन्सको वाइड बडी विमान काठमाडौँ त्रिभुवन विमानस्थल आईपुगेको छ । उक्त विमान कोरोना परीक्षणका लागि अत्यावश्यक सामाग्री लिन हिजो शनिबार दिउँसो १२ः२० बजे चीन तर्फ उडेको थियो ।
विमानमा चालक दलका चार सदस्य, दुई इन्जिनियरसहित १० जना चीन गएका थिए। यसअघि यही विमानले चीनको वुहानबाट १७५ जना नेपालीको उद्धार पनि गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया