कोरिया छिट्टै विकसित हुनु मिहेनतको फल : राजदूत सिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले कोरिया छिट्टै विकसित हुनु मिहेनेतको फल भएको बताएका छन् ।
  • उनले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सर्जना गर्नुपर्ने सुझाव दिएका छन् ।

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले कोरिया छिट्टै विकसित हुनु मिहेनेतको फल भएको बताएका छन् । उनले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सर्जना गर्नुपर्ने सुझाव दिएका छन् ।

पर्वत सदरमुकाम कुस्माबजारमा आयोजित अन्तरक्रियामा स्वदेशमै रोजगारी सिर्जना गर्न सके मात्र नेपाल छिटो विकसित मुलुक बन्ने धारणा राखे । राजदूत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरियाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मिहेनतको प्रतिफल भएको बताए । कोरियाको तीव्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको बताए ।

“विदेशमा गएर काम गर्ने भनेको छोटो अवधिका लागि हो”, राजदूत सिकले भने, “स्वदेशी अर्थतन्त्र बलियो बनाउन निर्यातमूलक उद्योग खोल्ने र मुलुकका हरेक क्षेत्रमा रोजगारी सिर्जना गर्नेतर्फ नेपाल सरकारले विशेष ध्यान दिनुपर्दछ ।”

“विदेशमा कमाउने र उतै रमाउने हो भने स्वदेशलाई कुनै फाइदा पुग्दैन”, उहाँले भन्नुभयो, “विदेशमा आर्जन गरेको धन र सीप स्वदेशका लागि लगानी गर्नुपर्छ ।” आर्थिक विकासका लागि उच्च सम्भावना बोकेको पर्यटन र जलस्रोत क्षेत्रको विकास गर्न सक्यो भने नेपाल छिटै नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । 

कोरियामा अहिले पनि २० हजार नेपाली श्रमिक काम गरिरहेको बताउँदै त्यहाँ सिकेका सीपलाई स्वदेशको विकास र समृद्धिमा लगाउन सबैमा आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिवंगत पितृको सम्झनामा मनाइने बाला चतुर्दशी
दिवंगत पितृको सम्झनामा मनाइने बाला चतुर्दशी
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
चन्दननाथको बहुमूल्य दाहिने शङ्ख फेला
चन्दननाथको बहुमूल्य दाहिने शङ्ख फेला
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ६० वर्षका बृद्ध पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ६० वर्षका बृद्ध पक्राउ
३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी
३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?