आज माओवादी सरकार बाट बहिरिने
सारांश
- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीले राजिनामा दिने तयारी गरेका छन् ।
- सरकारको विषयमा आधिकारिक निर्णय गर्न माओवादीले शनिवार ८ बजे प्रचण्ड निवासमा मन्त्री सहित शीर्ष नेता सम्मेलित बैठक बोलाएको छ ।
- प्रचण्डले शनिवार मन्त्री सहित शीर्ष नेताको सुझावपछि पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीले राजिनामा दिने तयारी गरेका छन् । सरकारको विषयमा आधिकारिक निर्णय गर्न माओवादीले शनिवार ८ बजे प्रचण्ड निवासमा मन्त्री सहित शीर्ष नेता सम्मेलित बैठक बोलाएको छ । प्रचण्डले शनिवार मन्त्री सहित शीर्ष नेताको सुझावपछि पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।
माओवादीका मन्त्रीहरु नैतिक प्रश्न उठ्ने देखिएमा शनिवार वा आइतबार बिहानसम्म राजिनमा दिने मनस्थिति बनाएका छन् । माओवादीले सरकारमा भए वा नभएपनि निर्वाचन सार्न नमिल्ने पहिलो शर्त बनाएको छ । निर्वाचन सरेमा दोस्रो चरणमा हुने मंसिर २१ को निर्वाचन तोकिएको मितिमा हुन कठिन देखिएको छ । मंसिर अन्तिम देखि चिसोसंगै हिउँ पर्न शुरु गर्ने भएकाले निर्वाचन गर्न कठिन हुने माओबादी नेताको बुझाई छ । निर्वाचन सार्दा गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीले कम प्राथमिकता दिएको छ ।
देउवाले उप्रधानमन्त्री कमल थापा सहित ८ जना मन्त्री थप्ने सार्वजनिक भए लगत्तै माओवादीका मन्त्री बेलुका ६ बजे प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । बेलुका प्रचण्ड निवास गृह मन्त्री जनार्दन शर्मा, परराष्ट्र मन्त्री कृष्णबहादुर महरा बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता पुगेका थिए । प्रचण्ड निवासमा भएको अनौपचारिक बैठकमा राजिनामा दिनु पर्ने भएमा शपथ खानु भन्दा पहिले नै दिनु पर्ने विषय उठेको प्रचण्डको सचिवालयले जनाएको छ । नैतिकविहिन भई सरकारमा बस्न नहुने कतिपय मन्त्रीको धारणा थियो । तर,कतिपय मन्त्रीले निर्वाचन आचार सहित विपरित सरकार विस्तार गरेकाले डटेर प्रतिवाद गर्नु पर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्रीलाइ अप्ठ्यारो भए सरकार छोड्न तयार छौ : मन्त्री बस्नेत
प्रधामन्त्री देउवालाई हामी सरकारमा बस्दा अप्ठ्यारो भएको छ भने सरकार छोड्न तयार रहेको सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले बताए । ‘हाम्रो पहिलो प्रथमिकतामा सरकार होइन ।’ उनले भने, ‘प्रदेश र संघको निर्वाचन तोकिकै मितिमा हुनु पर्छ भन्न हो ।’ माओवादी सरकारमा टासिएर बस्ने पक्षमा नभएको बस्नेतले बताए ।‘सरकार विस्तार गर्ने इच्छा भएको भए प्रधामन्त्रीले घुमाउरो तरिकाले सरकार विस्तार नगरेको भए हुन्थ्यो ‘ बस्नेतले भने, ‘ यस्तो अप्ठयारो भएको भए हामीले पहिलै सरकार छोडि हाल्थ्यौं ।’
प्रतिक्रिया