अदालतबाट सफाई पाएका महराले पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
अदालतबाट सफाई पाएका महराले पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्

सारांश

  • काठमाडौं, ५ फागनु ।
  • पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट बलात्कार प्रयासको मुद्दामा सफाइ पाएका छन् ।
  • तर, सफाई पाएपछि पूर्व सभामुख महरा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई अदालतबाट सिधै डिल्लीबजार कारागारतर्फ प्रस्थान् गरेका छन् ।

काठमाडौं, ५ फागनु । पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट बलात्कार प्रयासको मुद्दामा सफाइ पाएका छन् । तर, सफाई पाएपछि पूर्व सभामुख महरा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई अदालतबाट सिधै डिल्लीबजार कारागारतर्फ प्रस्थान् गरेका छन् ।

हाम्रा सहकर्मी ईश्वर कार्कीका अनुसार सफाई पाएका महरा सञ्चारकर्मीहरुसँग नबोलिकन सिधै कारागारतर्फ लागेका हुन् । जबरजस्तीकरणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो ।

महराले न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको थियो । यो फैसलासँगै महरा आजै रिहाई हुने भएका छन् । अहिले डिल्लीबजार कारागारको मूल गेटबाहिर ठूलो मात्रामा महराका समर्थकहरुको भीड लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?