कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन

सारांश

  • काठमाडौं, साउन २७ ।
  • सरुवा रोग विषेशज्ञ डा शेरबहादुर पुनले कोरोना नियन्त्रणका लागि हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा जोड दिएका छन् ।
  • कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने उनको भनाई छ ।

काठमाडौं, साउन २७ । सरुवा रोग विषेशज्ञ डा शेरबहादुर पुनले कोरोना नियन्त्रणका लागि हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा जोड दिएका छन् ।

कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने उनको भनाई छ । डा पुनले लकडाउन अचुक र अन्तिम उपाय नभएकाले लकडाउनको बैकल्पीक उपायहरु अपनाउन आह्वानसमेत गरेका छन्।

‘हामीले केही कुरा पलना गर्यौ भने लकडाउन आवश्यक छैन, लकडाउन गराउने नै नियम पालनाका लागि हो, आम नागरिकले जनस्वास्थ्य मापदण्ड तथा त्यस सम्वन्धी नियम पालना गर्न ध्यान दिऔँ ।’ उनको भनाई छ ।

उनले विगतमा तीन महिना लकडाउन गर्दा पनि आउने जाने क्रम नरोकिएको र सतर्कता नअपनाइएकाले प्रभावकारी हुन नसकेको बारेमा समिक्षा गर्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘लकडाउन गर्नै परेपनि तयारी र योजनासहित छोटो समयका लागि मात्र गर्नु ठिक होला, कोरोना भाइरस शुन्यमा जाला र बाहिर आउला भनेर लकडाउन गर्नु अवैज्ञानिक हुन्छ ।’

उनले हरेक नागरिकले आफै बाहिर नजाने, मास्क लगाउने, सावुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्नेलगायतका नियमहरु पालना गरे कसैलाई गुहार्नु नपर्ने र कोरोना आफै नियन्त्रण हुने दावी गरे ।

डा पुनले भने, ‘जनस्वास्थ्यको मागदण्डमा लापर्वाही गर्ने, तर आइसियु मात्रै खोजेर वा बनाएर मात्रै हुदैन । सरोकारवालाले गर्ने काम आफ्नो ठाउँमा छ, तर हामीले पनि आफ्नो तर्फबाट अपनाउनु पर्ने सतर्कता अपनाइयो भने धेरै नियन्त्रण हुन्छ ।’

उनले कोरोना नियन्त्रणका लागि सरकारले गर्ने कामभन्दा आम नागरिकले अपनाउने सतर्कता बढी प्रभावकारी र अर्थपूर्ण हुने दावी पनि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?