कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

सारांश

  • १ माघ ।
  • विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् ।
  • हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो ।

१ माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् ।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए । उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मङ्गलबार बिहान मृत्यु भएको हो । हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान र जनवरी २३ मा हङकङ फर्किएका थिए ।

मङ्गलबारसम्म चीनमा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ । यस भाररसबाट सङ्क्रमण भएका २ हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस सङ्क्रमण ३९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ ।

हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । उहाँले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताएका छन्। यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ ।

यस अघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” डब्लुएचओको भनाई छ ।

(https://vallartainfo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
नयाँ मुख्यसचिव को नियुक्ति होला ?
नयाँ मुख्यसचिव को नियुक्ति होला ?
त्रिकोणात्मक टि-२० सिरिज :  हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
त्रिकोणात्मक टि-२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
राष्ट्रपतिलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम
राष्ट्रपतिलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
सरकारले बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढायो
सरकारले बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढायो
फन्दामा पर्छन् पढेलेखेकै धेरै
फन्दामा पर्छन् पढेलेखेकै धेरै
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !
इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्र हजारभन्दा बढीले ज्यान गुमाए
इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्र हजारभन्दा बढीले ज्यान गुमाए

तपाईंले छुटाउनुभयो कि?